राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नगर समिति समिति गठन भएको छ।

५० जना स्थानिय प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलालाई राष्ट्रियि पुनर्जागरण अभियानका केन्द्रिय सदस्य द्वय योगराज भण्डारी र गणेश पौडेल, जिल्ला अध्यक्ष डा. कृष्ण जैसी र सदस्य अमृता गैरैले सम्बोधन गर्नु भएको थियो।

भेलाले मधु थापा संयोजक र मिना श्रेष्ठ, टीकाराम विष्ट, विजय पाठक तथा अभिषेक घिमीरे सदस्य रहेको ५ सदस्यीय समिति बनाएको जानकारी प्राप्त भएको छ।

रुपन्देही जिल्लामा अभियानको समर्थनमा जनमत तिब्र रुपमा विकास भैरहेको छ। संगठन विस्तारका लागि रातदिन खटेर काम गरिरहेको नेतृत्व पंक्ति देशभरीका साथिहरुका निम्ति अनुकरणिय बनेका छन्। देशभक्ति, स्वाधिनता र नेपालको संकटको दिगो समाधानका पक्षमा बढ्दो यो उत्साह भरपर्दो शक्तिका रुपमा उठ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *