राष्ट्रिय पुनर्जागरण अभियान, चितवनले जिल्लाका विभिन्न किसान, मजदुर तथा पेशा व्यवसायीहरुसंगको अन्तर्क्रीया एवं छलफललाई अगाडि बढाएको छ।

सोही क्रममा चितवनका किसान तथा अन्य पेशा व्यवसायी संगको छलफलमा केरा उत्पादक किसान, पोल्ट्री तथा अन्डा उत्पादक किसान, तरकारी उत्पादक किसान, दूध तथा दुग्धजन्य उत्पादक किसान लगायतका किसान तथा व्यवसायी प्रतिनिधिहरुसंग विषेश छलफल गरि राज्यकाे बक्रदृष्टि र विदेशी सामानकाे अनाधिकृत पैठारीले उत्पन्न गरेका समस्याहरुको समाधानको दिशामा उचित कदम चाल्ने कुरा अभियानका केन्द्रिय सदस्य नारायण प्रसाद दवाडीले बताउनु भयो। मुख्य गरि हालै अत्यधिक विषादी मिसिएको तर क्वारेन्टाइन परिक्षण नगरी भारतबाट भित्र्याउन लगाइएको फलफुल, तरकारी, माछा आदिको विषय नेपाली जनताको जीवन र स्वास्थ्थमाथि गम्भीर अपराध भएको कुरालाइ सहभागी सबैले एकमतले विरोध गर्दै यसका विरूद्धमा चितवनबाट आन्दोलन गर्ने र भारतीय तरकारी लगायतका सामानहरूलाइ विस्थापित गर्दै स्वदेशमै अर्गानिक कृषिजन्य उत्पादनमा लाग्न आवश्यक पर्ने सम्पुर्ण खाले तयारीमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली उत्पादकहरूका विरूद्धमा लामाे समयदेखि भैरहेकाे षडयन्त्रकाे पर्दाफास गरेर जनसमुदायमा आफ्ना नीति, कार्यक्रम र रणनीति लिएर जाने कुरा अभियानले जनाएकाे छ। यसबारेमा उत्पादकहरू सबै सकारात्मक भएको आयोजक संस्थाका केन्द्रिय भेला प्रतिनिधि दिपक गौतमले जानकारी दिनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *