राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको चितवन जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। विजय सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

राष्ट्र पहिलोको सिद्धान्त अनुसार नेपालको मौलिकतामा आधारित दृष्टिकोण, विचार र मूल्यबाट निर्देशित राज्य प्रणाली तथा सामाजिक जीवन पद्धतिको स्थापनाको लक्षलाई अघि बढाउने अभियानको मान्यताको उद्घोषका साथ भएको उक्त भेलाले उप-संयोजकमा नवीन खरेल, सचिवमा नवीन गैरे र सदस्यहरुमा सिन्धु पन्त, विष्णु के सि , सुभाष कंडेल, रवि बुढाथोकी, रविन श्रेष्ठ , अवतार गौतम , सौगात पौडेल , अमृता घिमिरे , सन्दिप आचार्य , जिज्ञास भट्टराई , कृष्ण सापकोटा , भानु गैरे, अनिता पोख्रेल , दिपक गैरेलाई चयन गरेकाे छ ।

पुनर्जागरण अभियानका केन्द्रिय सदस्य नारायण दवाडीको  उपस्थितिमा भेला सम्पन्न भएकाे थियाे। केन्द्रिय भेला प्रतिनिधि दिपक गौतमले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *