राष्ट्रिय पुनर्जागरण अभियानल, नेपालले देशलाई विदेशी षडयन्त्रको चक्रब्युहमा आत्मसमर्पण गराउने षडयन्त्र अनुरुप राज्यपक्ष र दलहरुबाट गहिरो बनाईंदै लगिएको अराजकता, दण्डहिनता, स्वेच्छाचारीता भ्रष्टाचार र विभिन्न खालका अपराधहरुका पछाडि रहेका कारणहरु, अबान्छित शक्तिहरुका स्वार्थहरु र यसको उचित प्रतिरोध गर्नका लागि चाल्नु पर्ने कमदहरुका बारेमा देशब्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ। यसै क्रममा दाङको लमहि, सुनसरीको धरान र झापाको विर्तामोडमा कार्यक्रमहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन्।

देशको संकटलाई निरन्तर रुपमा जारी राख्नका लागि नेपालीहरुलाई एकाध एजेन्डाहरुमा घुमाएर यथास्थितिलाई बचाई राख्ने, विकासका झूठ्ठा सपनाहरु देखाएर अर्थतन्त्र विसर्जन गर्ने तथा कथित उपलब्धिहरुको कथा सुनाएर नेपाल र नेपाली नागरिकहरुका विरुद्धमा अघि बढाईएको षडयन्त्रलाई जोगाईराख्ने जुन प्रकारका षडयन्त्रहरु भैरहेका छन्, त्यसबाट सजग भएर मूल समस्यामा प्रवेश गर्न अभियानले जोड दिंदै आएको छ। नेपालको समस्या एजेन्डा नभएर देश निर्देशन गर्ने सिद्धान्त र राज्य सञ्चालन गर्ने मूल नीति भएको यसको निष्कर्ष छ।

देश आजको ठाउँमा आई पुग्नका लागि विदेशीहरुबाट आयात गरिएका दृष्टिकोण, विचार, मूल्य र अवधारणाहरु जिम्मेवार रहेको र सुगौली..सन्धिको जग नै वर्तमान संकटको मूख्य श्रोत रहेको भन्दै अभियानले युगान्तकारी परिवर्तन र नेपालको मौलिकता एवं नेपाली समाजको आवश्यकता अनुरुपको राज्य प्रणालीको विकासमा जोड दिएको छ। यस दिशामा अघि बढ्न देशभक्तिपूर्ण सोंचबाट उत्प्ररित सबै शक्तिहरु एक ठाउँमा आउनु पर्ने र सबैलाई समेट्न दलिय पर्खाल तोडेर राष्ट्रिय विचारधाराको विकास गर्नु पर्ने भन्ने अभियानको धारणा रहेको छ। देशभरी भैरहेका कार्यक्रहरुलाई संयोजक भरत दाहाल र महासचिव रामबहादुर थापाले संबोधन गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *