घडिको सुई आफ्नै गतिमा चल्दै छ।समय ठिक रातको ९ बजेर ४० मिनेट गएको थियो। ११-१२ घण्टाको काम सकिएर खाना खाएर एकान्तमा बाहिर डुल्न निस्के। बाहिर डुल्ने पनि ठाउँ कहाँ नै छ र? डुलौ नडुलौ परदेशको कम्पनिको कम्पाउन्ड भित्र त हो Indirectly भन्नु पर्दा कैद खानाको कैदी जस्तै महशुस गर्छु आफुलाई । सानै देखीको एउटै बानी थियो हल्का चिसो मौसम हुदा बाहिर निस्केर आकाशको नौ लाखे ताराहरु गन्ने। गन्न निकै चोटि प्रयास गरे तर तारा भने गन्नै सकिन पुरै कहिले पनि आज पनि प्रयास जारि नै रहयो तर पुन तारा गन्ने परिक्षामा उतिर्ण हुन सकिन फेल भए।

कुर्दै छु चन्द्रमा लाई दुई घन्टा भयो बल्ल उदाउनु शुरु भयो। अघि तल देखेको चन्द्रमा मैले हेर्दा हेर्दै मेरै टाउको माथी आई सकेछ। यो बिरोनो बिदेश त्यो माथि आकाशमा देखिने चन्द्रमा, तारा, सुर्य, आकाश पनि साची नै बिरोनो लाग्दो रहेछ। हुनु त तारा,सुर्य,चन्द्रमा एउटै हुन्छ भन्थ्यो तर किन किन बिदेश बाट आकाशलाई हेरि रहदा बिरानो लाग्दो रहेछ र यसो लाग्नु स्वभाबिक पनि त हो। सायद यो देशको धर्ती माटो मेरो नभएको ले होला बिरानो लागेको छ यहाँ बाट देखिने हरेक दृश्यहरु।

मेरो गाउँ घर बाट पनि देखिन्छ क्या मज्जाले चन्द्रमा अनि तारा र निलो निलो आकाश।ढलान गरेको चर्पी आधुनिक त हैन तर मध्यम छ। चर्पी माथि पुड्के कुकुर बसेर बडो जोड्ले भुक्दा गाउँ नै थर्कीन्थ्यो पर पर सम्म घरि घरि डर नै लाग्थ्यो रिस पनि उठ्ने बेला बेला। टेलिभिजन हेर्दा क्या बोर लाग्थ्यो पुड्केको अवाज सुनेर तर पुड्के एक दिन घरमा नभए साचै घरमा को छैन को छैन महशुस हुन्थ्यो हामी सबैलाई। पुड्के हामी सबैको लागि प्रीय थियो तर कार्तिक लागे पछि निकै मातेर काली girlfriend घुमाएर गाउँ गाउँ डुल्दै हिड्ने गर्थ्यो।

१०:२२ भइ सकेछ रातको तर घरको यादले सताई रहेको छ तारा हेरि चन्द्रमा हेरि मनलाई डुलाउनु खोज्छु तर मन के मान्थ्यो र अरुको माटो माथी टेकेर। बिदेशको दिन भरि कम्पनीको काम अनि रात परे पछि मन भरि घरको याद्ले त्येती नै सताउछ हुन त अचेल Technology ले दुनियाँ लाई आफ्नो मुठीमा पारी सकेको छ।जवाना पहिलेको जस्तो रहेन अब चिठी पत्रको भर पर्न पर्ने एक फोनको घन्टिमा अनुहार हेरि हेरि भिडियो कलमा बोल्न सक्छौ साचै धन्यवाद छ यस्तो Technology ल्याउने तपाई महान मानिसहरुलाई।

उ त्यो माथी चन्द्रमा तारा हेरि रहे यो संसार छोडी जानू भएको आफ्नो प्रीय मान्छेहरुलाई देखिन्छ भन्ने सुनेको थिए सानोमा।अँखा बाट आशुको दाना झरि सक्यो तर पनि खै मैले आफ्नो गुमाएको बुवालाई देख्न सकिन चन्द्रमा भित्र तारा भित्र कती चोटि हेर्न प्रयास गरे तर सकिन मनमा थप पीडा मात्रै दिलायो। ताजा बनायो बच्चपनको याद सबै तारा,चन्द्रमा ,आकाश,सुर्य मैले टेकेको धर्ती बिरोनो भए पनि एकै छिन आनन्दीत बनायो मनलाई हल्का शान्ति दिलाएको महशुस गरे।पुन अन्तीम चोटि चन्द्रमा भित्र मेरो बुवालाई खोज्छु म ….नाई नाई केही देखि बरु आँखा चिम्म गर्दा बुवा मेरै आखाँमा डुल्नु हुन्छ।भई हाल्यो अब फेरि बुवाको आकृती माथी आकाशको चन्द्रमा तारामा खोज्दीन सबै झुटा कहानी रहेछ बल्ल थाहा पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *