चितवन / यही असोज ४ गते शनिवार बिहान १० बजेदेखि राष्ट्रिय पुनर्जागरण अभियान , नेपालले चितवनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रम चितवनको लंकु स्थित फुडमार्ट एण्ड पार्टी प्यालेसमा हुँदैछ ।

अहिलेको संकटको सामना गर्न देशलाई बुझ्ने मौलिक सिद्धान्त र राज्य सञ्चालन गर्ने ठोस नितिको आवश्यकता र १२ बुँदे समझदारीमा आधारित वर्तमान राजनीतिक प्रकृयालाई जति सक्दो छिटो अन्त्य गर्नको लागी ‘राष्ट्र पहिलो’ भन्ने सिद्धान्तका आधारमा सबैतिर छरिएका देशभक्त शक्तिहरुका बिचमा मोर्चा बनाउने कुरालाई अभियानले तत्कालको आवश्यकता बताउदै आएको छ। २००७ सालपछिको इतिहासलाई राम्रोसंग समिक्षा गर्नु पर्ने समय आएको र नयाँ सोंचको विकास गरेर इतिहासका घटनाहरुलाई गहिरिएर समिक्षा गरी नयाँ निष्कर्ष निकाल्नु पर्ने कुरामा अभियानको बिशेष जोड रहेको छ।

देशको वर्तमान अवस्थाबारे अभियानका कार्यकारी संयोजक भरत दाहाल र महासचिव राम वहादुर थापाले विशेष सम्बोधन गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *