राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको नुवाकोट जिल्ला सम्पर्क समिति गठन भएको छ। माधब प्रसाद नेपालको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्पर्क समिति गठन गरिएको छ।

सदस्यहरुमा कृष्ण बहादुर भण्डारी, कृष्ण बहादुर तिमल्सिना, चक्रपाणी नेपाल,नवराज सुबेदी,कृष्ण प्रसाद पुडासैनी रहेको छ।

२०७६ कातिक ४ गते नुवाकोटमा भएको भेलालाई रास्ट्रिय पुनर्जागरण अभियानको केन्द्रिय महासचिब राम बहादुर थापाले सम्बोधन गर्नुभएको थियो। साथै रास्ट्रिय पुनर्जागरण अभियानको केन्द्रिय सचिब कमल वाईबा, केन्द्रिय सदस्य डा. बिष्णु दहाल र केन्द्रिय सदस्य प्रा. शम्भुराम जोशीले पनि सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा केन्द्रिय महासचिब महासचिब राम बहादुर थापाले निजिकरणका नाममा राष्ट्रिय उद्योगहरुको बिक्रि, नेपालीहरुलाई देश बाहिर निकाल्न ल्याईएको वैदेशिक रोजगारको नीति, एमालेलाई नियन्त्रण गर्न रचिएको दासढुंगा हत्याकाण्ड, नेपालका सामाजिक, सांस्कृतिक तथा नैतिक सम्बन्धहरुलाई छिन्नभिन्न पार्न र पूर्वाधारहरु नष्ट गर्न संगठित गरिएको माओवादी युद्ध, राज्यको शक्तिकेन्द्रलाई विघटन गर्ने मूल उद्देश्यमा आधारित दरबार हत्याकाण्ड र नेपालको विघटन गर्ने रणनीतिमा गराईएको १२ बुँदे समझदारी वर्तमान परिस्थितिको विकास गर्न चालिएका कदमहरु हुन्। यहाँका दलहरु देश विरुद्ध बाह्य शक्तिका खेलौनाका रुपमा मात्र प्रयोग भएका बताउनु भएको छ।

कार्यक्रममा केन्द्रिय सचिब कमल वाईबाले नेपालको संकट र यसको समाधान र रास्ट्रिय पुनर्जागरण अभियानको सारतत्वको बारेमा बिस्तृत रुपमा आफ्नो कुरा राख्नु भएको थियो। अहिलेको संकटको सामना गर्न देशलाई बुझ्ने मौलिक सिद्धान्त र राज्य सञ्चालन गर्ने ठोस नितिको आवश्यकता रहेको कुरामा जोड दिंदै उहाँले एकाध एजेन्डाहरुबाट मात्र नेपाल बुझ्न नसकिने कुरामा जोड दिनु भएको थियो। १२ बुँदे समझदारीमा आधारित वर्तमान राजनीतिक प्रकृयालाई जति सक्दो छिटो अन्त्य नगर्ने हो भने देशमा बढ्दो तरलताले नेपालको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्ने खतरा बढ्दै गएको हुँदा ‘राष्ट्र पहिलो’ भन्ने सिद्धान्तका आधारमा सबैतिर छरिएका देशभक्त शक्तिहरुका बिचमा मोर्चा बनाउनु तत्कालको आवश्यकता भएको उहाँको भनाई थियो।

वाईबाले भन्नुभयो – “अझै पनि नागरिकताको बहानामा आक्रमण भैरहेको र संघीयता वा धर्मनिरपेक्षताका बहानामा विदेशी हैकम बढाउने प्रयासहरु भैरहेको बताउनु भयो। अब ००७ सालपछिको इतिहासलाई राम्रोसंग समिक्षा गर्नु पर्ने समय आएको र हामीले नयाँ सोंचको विकास गरेर इतिहासका घटनाहरुलाई गहिरिएर समिक्षा गरी नयाँ निष्कर्ष निकाल्नु पर्ने समय आएको भन्ने उहाँको भनाई थियो।”

त्यस्तै केन्द्रिय सदस्य डा बिष्णु दहालले अहिले राज्यको चरित्र नेपालको धर्म सस्कृति नास गर्न तल्लीन रहेको बताउनु भएको छ। अब नेपालको आफ्नो मौलिकता जोगाउन नेपाली जनताहरु एकजुट हुनुपर्ने बेला आएको औल्याउनु भएको छ।

केन्द्रिय सदस्य प्रा. शम्भुराम जोशीले नेपालको आफ्नो गौरवपूर्ण इतिहासलाई सम्झनु पर्ने र त्यो प्राप्तिको दिशातिर लाग्नु पर्ने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *